युएईलाई हराउदै नेपाल महिला टी-२० विश्वकपको ग्लोबल क्वालिफायरमा छनौट

२०८२ जेष्ठ ५, सोमबार १२:५२

सर्लाही – नेपाली महिला क्रिकेट टिमले आईसीसी टी–२० विश्वकपको ग्लोबल क्वालिफायरमा स्थान पक्का गरेको छ । सुपर–३ को खेलमा यूएईमाथि पाँच विकेटको जित निकाल्दै नेपाली टिमले ग्लोबल क्वालिफायर्समा स्थान बनाएको हो ।

सोमबार बैंककमा सम्पन्न खेलमा यूएईले प्रस्तुत गरेको ११५ रनको लक्ष्य नेपालले १९.३ ओभरमा पाँच विकेट गुमाएर पूरा गर्‍यो । त्यसअघि, टस हारेर ब्याटिङमा आएको यूएईले निर्धारित २० ओभरमा सात विकेट गुमाएर ११४ रनको योगफल खडा गरेको थियो ।

यो नतिजासँगै प्रतियोगिताबाट ग्लोबल क्वालिफायरमा छनोट हुने दुई टोलीको टुंगो लागेको छ । प्रतियोगिताबाट नेपाल र थाइल्यान्डले ग्लोबल क्वालिफायरमा स्थान पक्का गरेका हुन् । सुपर–३ को दुवै खेलमा पराजित भएको यूएईको भने सम्भावना समाप्त भएको छ । अब प्रतियोगिताको अन्तिम खेलमा नेपालले मंगलबार थाइल्यान्डविरुद्ध खेल्ने तालिका छ ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार