सर्लाहीमा बसले म्याजिकलाई ठक्कर दिँदा एक जनाको मृत्यु, ८ जना घाईते

२०८२ जेष्ठ ५, सोमबार १७:३४

सर्लाही – सर्लाहीमा बसले म्याजिकलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ भने ८ जना घाईते भएका छन्। मृत्यु हुनेमा जिल्लाको लालबन्दी नगरपालिका – १७, रानिगंजकि २२ बर्षिया सोना पन्त रहेकी छन्।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार उनको उपचारका क्रममा मोडेल अस्पताल लालबन्दीमा मृत्यु भएको हो। दुर्घटनामा घाईते भएका अन्य आठ जनाको सोहि अस्पतालमा उपचार भईरहेको छ।

आज दिउँसो पूर्व-पश्चिम राजमार्ग अन्तर्गत लालबन्दी नगरपालिका – १७, रानिगंजमा रानिगंजबाट लालबन्दीतर्फ आउँदै गरेको ना ६ ख ७२२७ नम्बरको बसले बिपरित दिशाबाट जाँदै गरेको ना १ ज २६४५ नं.को म्याजिकलाई ठक्कर दिएको थियो।

दुर्घटनामा परेका दुवै सवार साधन प्रहरीको नियन्त्रणमा रहेको र बस चालक फरार रहेको तथा घटनाका सम्बन्धमा थप अनुसन्धान भईरहेको सर्लाही प्रहरीका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक सरोज राईले जानकारी दिए ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार