सर्लाही – सिरहामा लागूऔषध सहित तीन जना पक्राउ परेका छन्।
पक्राउ पर्नेमा जिल्लाको नरहा गाउँपालिका वडा नम्बर १ बस्ने ३५ वर्षिय संजय दास,सोही ठाउँका ३१ वर्षिय रामशरण दास र बाराको कलैया उपमहानगरपालिका वडा नम्बर ४ घर भई संजय दासको गाडी चालक २० वर्षिय धिरज महतो रहेका छन्।

प्रहरीका अनुसार आइतबार संजय दासले सञ्चालन गरेको शिद्धीक्षा पशुपालन तथा कृषी फर्मबाट दुई वटा प्लाष्टिकको बोरामा लुकाई छिपाई राखेको ३१ किलो ८२० ग्राम लागू औषध गाँजा बरामद गरिएको हो।
उनीहरुको साथबाट प्रहरीले ४ थान मोबाइल सहित लागूऔषध गाँजाको बोरा सिलाउने मेसिन बरामद गरेको छ । यस सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।





