
सर्लाही – सर्लाहीमा नक्कली नोटसहित दुई जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा जिल्लाको लालबन्दी लालबन्दी नगरपालिका – ६, का २१ बर्षिय मुकेश कुमार साह र हरिपुर्वा नगरपालिका – ४, डुमरियाका २३ बर्षिय सरोज पंडित रहेका छन्।
उनीहरुलाई प्रहरी चौकी पर्साबाट बिशेष सूचनाका आधारमा खटिएको प्रहरीको टोलीले हिजो (आईतबार) साँझ पर्सा गाउँपालिका – ६, स्थित हुलाकी सडकखण्डबाट नक्कली नोटसहित पक्राउ गरेको हो।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार उनीहरु सवार भई आएको बिआर ३० एपी ७५३९ नम्बरको भारतीय मोटरसाईकल चेकजाँच गर्ने क्रममा नक्कली नोट भेटीएपछि उनीहरुलाई पक्राउ गरिएको हो।
प्रहरीले उनीहरुको साथबाट नेपाली रुपैयाँ ५०० को दरले ४८ थान (२४,०००) नक्कली नोट बरामद गरेको छ। पक्राउ परेका उनीहरुमाथि जिल्ला अदालत सर्लाहीबाट ५ दिनको म्याद थप गरि अनुसन्धान भईरहेको सर्लाही प्रहरीका सूचना अधिकारी सरोज राईले जानकारी दिए ।