मुसहर समुदायका करिब ४० प्रतिशत महिला नागरिकताविहीन छन् – मुख्यमन्त्री शतिशकुमार सिंह

२०८२ जेष्ठ ६, मंगलवार १४:३८
मुख्यमन्त्री सतिश कुमार सिहं

सर्लाही – मधेश प्रदेश सरकारका मुख्यमन्त्री शतिशकुमार सिंहले मुसहर समुदायका ३०/४० प्रतिशत महिलाहरू अहिले पनि नागरिकताविहीनको अवस्थामा रहेको बताएका छन् ।

ऋषिवंश एकता सेवा समाज नेपालको छैटौँ साधारणसभा तथा वार्षिक समीक्षा कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले नागरिकता नभएका कारणले मुसहर समुदायले शिक्षा, स्वास्थ्य तथा रोजगारीलगायत मौलिक हक तथा अधिकारबाट बञ्चित हुनुपरेको तथ्यसमेत प्रस्तुत गरे।

अबको आन्दोलन कलम तथा किताबका लागि हुनुपर्नेमा जोड दिँदै उनले भने – जबसम्म मुसहरलगायत दलित समुदाय शिक्षाबाट वञ्चित रहन्छ, तबसम्म उनीहरू आफ्नो अधिकारका लागि लड्न सक्दैनन्। उनले अभिभावकहरूलाई आफ्ना छोराछोरीलाई कम्तीमा एसइईसम्म अध्ययन गराउन र बालविवाह रोक्न आग्रह गरे।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार