वीरगन्जबाट ठूलो परिमाणमा लागुऔषध बरामद, प्रहरीलाई देखेपछि तस्करहरू भागे

२०८२ जेष्ठ ६, मंगलवार १४:५६

सर्लाही – सशस्त्र प्रहरीले वीरगन्जबाट ठूलो परिमाणमा लागुऔषध बरामद गरेको छ।

सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण, पर्साबाट खटिएको टोलीले मंगलबार वीरगन्ज–२ स्थित भगुवा नाकाबाट ट्रामाडोल हाइड्रोक्लोराइड ५० एमजीका ८१ हजार ४ सय ९० ट्याब्लेट बरामद गरेको हो।

सशस्त्र प्रहरी नायब उपरीक्षक (डीएसपी) देवेन्द्रबहादुर सिंहको कमाण्डमा खटिएको टोलीले चेकजाँचको क्रममा भारतबाट नेपालतर्फ अवैध रूपमा ल्याइँदै गरेको लागुऔषध फेला पारेको हो।

प्रहरी देखेपछि दुई जना व्यक्ति लागुऔषध फालेर फरार भएको बताईएको छ। बरामद गरिएको लागुऔषध जिल्ला प्रहरी कार्यालय पर्सामा बुझाइएको र फरार व्यक्तिहरूको खोजी कार्य जारी रहेको सशस्त्र प्रहरी पर्साका सूचना अधिकारी समेत रहेका डीएसपी सिंहले जानकारी दिए।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार