सर्लाही – सर्लाहीको लालबन्दी आउँदै गरेको गाडी मकवानपुरमा दुर्घटना भएको छ।
चित्लांगबाट सर्लाही आउँदै गरेको प्रदेश २–०३–००१ ज ०१४७ नम्बरको विङ्गर गाडी आज दिउँसो १ बजे मकवानपुरको भीमफेदी गाउँपालिका वडा नम्बर ९ स्थित त्रिभुवन राजपथ सडक खण्डको छैसठ्ठी मोडमा दुर्घटना भएको हो।

दुर्घटनामा १४ जना घाइते भएको प्रहरीले जनाएको छ। घाइतेमध्ये ३ जनाको अवस्था गम्भिर रहेको छ। घाइतेहरुको अहिले हेटौँडा अस्पतालमा उपचार भइरहेको छ । ब्रेक फेल भई गाडी दुर्घटना भएको बताईएको छ।
गाडी सडकबाट २० मिटर तल खस्दा गाडी रुखमा अड्किएको प्रहरीले जनाएको छ। गाडी उक्त लालबन्दी नगरपालिकाको लघु उद्यम विकास शाखाबाट अन्तर जिल्ला भ्रमणमा लगिएकाहरु चढेको बताईएको छ।





