हत्यामा संलग्न सर्लाहीका एकसहित पाँच जना पक्राउ

२०८२ जेष्ठ ६, मंगलवार १५:१७
सांकेतिक तस्बिर

सर्लाही – काठमाडौंको गोकर्णेश्वर नगरपालिका-२ नयाँपाटी बस्ने ३७ वर्षीय बलिन्द्र प्रकाश राईको हत्या भएको घटनमा संलग्न रहेको अभियोगमा ५ जनालाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेहरूमा रामेछापको सुनापति गाउँपालिका-४ घर भई गोकर्णेश्वर नगरपालिका-१ बस्ने २९ वर्षीय प्रविण तामाङ, सर्लाहीको बागमती गाउँपालिका-३ घर भई गोकर्णेश्वर नगरपालिका-२ बस्ने २३ वर्षीय समिर वाईवा तामाङ, २६ वर्षीय अभिसेक वाईवा तामाङ रहेका छन्।

साथै, सिन्धुपाल्चोकको ईन्द्रावती गाउँपालिका-६ घर भएका २९ वर्षीय दिपेन्द्र भुजेल र काभ्रेपलान्चोकको चौंरीदेउराली गाउँपालिका-७ घर भएका २८ वर्षीय अनुराग तामाङ रहेका छन्। उनीहरूमाथि जिल्ला अदालत काठमाडौंबाट म्याद थप अनुमति लिई प्रहरी वृत्त बौद्धबाट थप आवश्यक अनुसन्धान भइरहेको छ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार