सर्लाहीको डाइनी खोलाबाट १ सय १२ केजी गाँजासहित एक पुरुष पक्राउ

२०८२ जेष्ठ ६, मंगलवार १७:०४
सांकेतिक तस्बिर

सर्लाही – सर्लाही प्रहरीले लालबन्दी नगरपालिका-१४ स्थित डाइनी खोलाबाट १ सय १२ किलोग्राम लागूऔषध गाँजासहित एक पुरुषलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा जिल्लाको लालबन्दी नगरपालिका-१४ बस्ने ४२ वर्षीय सोम बहादुर तामाङ रहेका छन्।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार इलाका प्रहरी कार्यालय लालबन्दी र प्रहरी चौकी पत्थरकोटबाट खटिएको प्रहरीको टोलीले सोमबार राति डाइनी खोलामा रोकी राखेको बिआर ३२ एएन ०८१७ नम्बरको स्कारपियो र लु.३३ प ३८९४ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा उक्त परिमाणमा गाँजा भेटिएको हो।

घटनास्थलमा चार जना रहेकामा प्रहरीको टोलीलाई देख्न साथ् अन्य तिन जना फरार भएको बताईएको छ। उनीहरुको खोजि भईरहेको र यस सम्बन्धमा थप अनुसन्धान भईरहेको सर्लाही प्रहरीका सूचना अधिकारी सरोज राईले जानकारी दिए ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार