सर्लाहीमा पुजा गराउन गएका पुजारीको करेन्ट लागेर मृत्यु

२०८२ जेष्ठ ६, मंगलवार १८:३४
सांकेतिक तस्बिर

सर्लाही – सर्लाहीमा पुजा गराउन गएका पुजारीको करेन्ट लागेर मृत्यु भएको छ।

जिल्लाको बलरा नगरपालिका – ५, महतो टोलस्थित बिजय महतोको घरमा पुजा गराउन गएका जिल्लाकै गोडैता नगरपालिका – २, का ७० बर्षिय महादेव महतोको करेन्ट लागेर मृत्यु भएको हो । प्रहरीका अनुसार मंगलबार दिउँसो मोटर जडान भएको कलमा पानि खाने क्रममा उनलाई अचानक करेन्ट लागेको थियो।

करेन्ट लागेर घाईते भएका उनलाई उपचारका लागि जिल्ला सदरमुकाम मलंगवा लगिएकामा डाक्टरले मृत घोषणा गरेका थिए। मृतकको शव सोहि अस्पतालमा रहेको तथा घटनाका सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार