सर्लाहीमा दुई मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु

२०८२ जेष्ठ ६, मंगलवार १८:५६
एक आपसमा ठोक्किँएका मोटरसाइकल (फाईल तस्बिर)

सर्लाही – सर्लाहीमा मोटरसाइकल एक आपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ। मंगलबार अपरान्ह जिल्लाको बागमती नगरपालिका–२, जिरायतमा प्रदेश–३–०२–००६ प ७८६८ र बा. ५६ प ५२६ नम्वरको मोटरसाइकल ठोक्किएका थिए।

दुर्घटनामा परि मृत्यु हुनेहरुमा बा. ५६ प ५२६ नम्वरको मोटरसाइकल चालक रौतहटको बिसुनपूर्वा गाउँका ३३ वर्षीय नागेन्द्र साह सोनार र प्रदेश–३–०२–००६ प ७८६८ नम्वरको मोटरसाइकलका चालक काठमाडौं महानगरपालिका २३ बसन्तपुर बस्ने ३० वर्षीय विवेक मानन्धर रहेका छन्।

दुर्घटनामा बा. ५६ प ५२६ नम्वरको मोटरसाइकल पछाडि सवार भारतको बिहार राज्य बकुलिया बस्ने ३४ वर्षीया मुनिदेवी साह सोनार र रौतहटको विसुनपूर्वा गाउँकी ३२ वर्षीया चनचलदेवी साह घाइते भएका छन्।

उनीहरुको अहिले बिरगंजमा उपचार भईरहेको छ। तीव्र गतिका कारण मोटरसाइकल आपसमा ठोक्किएको र घटनाका सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार