
सर्लाही – धनुषामा खाल्डोमा डुबेर दाजु-भाइको मृत्यु भएको छ। मृत्यु हुनेमा जिल्लाको कमला नगरपालिका–२, सरावेका रामबाबु साहका ७ वर्षीय छोरा रितिक साह र उनका भाइ श्यामबाबु साहका ५ वर्षीय छोरा रितिस साह रहेका छन्।
प्रहरीका अनुसार मङ्गलबार दिउँसो निर्माणधीन कृषि सडक छेउमा खनिएको खाल्डोमा डुबेर दुवै बाललको मृत्यु भएको हो। दुवै बालक घरबाट निस्किएपछि अबेरसम्म नफर्किएपछि खोजी थालिएको थियो।

खोजतलासका क्रममा निर्माणाधीन कृषि सडक छेउमा खनिएको खाल्डोमा पानीमा तैरिरहेको अवस्थामा दुवै बालक मृत भेटिएका थिए। दुवै बालकको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुर पठाइएको र यस सम्बन्धमा थप अनुसन्धान भईरहेको छ।