डा. विश्व पौडेल राष्ट्र बैंकको नयाँ गभर्नरमा नियुक्त

२०८२ जेष्ठ ६, मंगलवार २१:५०

सर्लाही – नेपाल राष्ट्र बैंकले नयाँ गभर्नर पाएको छ। डा. विश्वनाथ पौडेल (विश्व)लाई राष्ट्र बैंकको गभर्नरका रूपमा नियुक्त गरिएको हो। मङ्गलबार बसेको मन्त्रिपरिषद् बैठकले उनलाई गभर्नरमा नियुक्त गर्ने निर्णय गरेको हो।

गभर्नर छनोटका लागि गठित तीन सदस्यीय सिफारिस समितिले तीन जनाको नाम सिफारिस गरेको थियो। तीमध्ये डा. पौडेललाई चुनेर सरकारले गभर्नरमा नियुक्त गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्बीसुब्बा गुरुङले जानकारी दिए। समितिले सिफारिस गरेका अन्य दुई उम्मेदवारमा निलम ढुंगाना र डा. दिनेश भट्टराई थिए।

गभर्नर नियुक्तिसँग सम्बन्धित विषयमा निर्णय गर्नुअघि प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच छुट्टै छलफल भएको थियो। सो छलफलमा अर्थमन्त्री विष्णु पौडेल र गृहमन्त्री रमेश लेखकको पनि सहभागिता थियो।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार