दुवै मिर्गौला फेल भएका श्रीमानलाई श्रीमतीले आफ्नै मिर्गौला दिएर बचाइन्

२०८२ जेष्ठ ७, बुधबार १५:४७

सर्लाही — सिरहाको लहान नगरपालिका–२४ का मौजे साहको जीवनमा अन्धकार छाएको बेला उनकी धर्मपत्नी रितु साह आशाको किरण बनेकी छन्। दुवै मिर्गौला फेल भएका श्रीमानलाई उनले आफ्नो मिर्गौला दान गरी नयाँ जीवन दिएकि छन्।

विगत नौ महिनादेखि शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा उपचार गराइरहेका मौजे साहको बुधबार सफल मिर्गौला प्रत्यारोपण गरिएको छ। रितु साहको साहस र समर्पणले अब मौजे साहले पुनः नयाँ जीवन सुरु गर्ने आशा देखिएको छ।

आर्थिक अवस्था कमजोर भएका कारण उपचार खर्च जुटाउन कठिनाइ भए पनि स्थानीयको सहयोगमा केही रकम संकलन गरिएको छ। तर अझै पनि उपचारमा थप खर्च लाग्ने भएकाले परिवारले सहयोगका लागि सबैमा अपिल गरेका छन्।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार