वीरगन्जमा चट्याङ लागेर आफ्नै घरमा सुतिरहेका किशोरको मृत्यु

२०८२ जेष्ठ ७, बुधबार १६:२४
सांकेतिक तस्बिर

सर्लाही – पर्साको वीरगन्जमा चट्याङ लागेर एक किशोरको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको वीरगन्ज महानगरपालिका–३२ स्थित टेढाका अन्दाजी १६ बर्षिय शिव शंकर माझी रहेका छन्।

प्रहरीका अनुसार बुधबार बिहान आफ्नै घरमा सुतिरहेको उनको चट्याङ लागेर मृत्यु भएको हो। यस सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार