दस महिनामा यूएईमा २६१ नेपालीको मृत्यु, औसतमा महिनामा २६ जनाको ज्यान गयो

२०८२ जेष्ठ ८, बिहीबार १३:१८

सर्लाही – वैदेशिक रोजगारीका लागि युनाइटेड अरब इमिरेट्स (यूएई) पुगेका नेपाली कामदारका लागि पछिल्ला महिना निकै कठिन बनेका छन्।

चालु आर्थिक वर्ष ०८१/८२ को सुरुवाती १० महिनामा मात्र २६१ नेपालीले यूएईमा ज्यान गुमाएका छन्। यूएईस्थित नेपाली दूतावासले सार्वजनिक गरेको विवरण अनुसार ०८१ साउनदेखि ०८२ वैशाख मसान्तसम्मको अवधिमा यस्तो दुःखद तथ्यांक देखिएको हो।

तथ्यांकअनुसार साउनमा ३०, भदौमा ३२, असोजमा ३३, कात्तिकमा ३५, मंसिरमा २४, पुसमा १३, माघमा २५, फागुनमा १७, चैतमा १७ र वैशाखमा ३५ जना नेपालीको मृत्यु भएको छ। यो हिसाबले हेर्दा, पछिल्लो दस महिनामा हरेक महिना औसतमा २६ जनाभन्दा बढी नेपालीले ज्यान गुमाएका छन्।

गत वर्षको तुलनामा यो संख्या बढेको देखिन्छ। आर्थिक वर्ष ०८०/८१ मा यूएईमा २३१ जना नेपालीको मृत्यु भएको थियो, जुन महिनाको औसतमा १९ जना पर्दछ। मृत्युको प्रमुख कारणमा सडक दुर्घटना, कार्यस्थलका दुर्घटना, हृदयाघात तथा मुटुसम्बन्धी रोगहरू उल्लेख छन्।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार