सर्लाहीमा कारको ठक्करबाट एक वृद्धाको मृत्यु

२०८२ जेष्ठ ८, बिहीबार १८:०३
सांकेतिक तस्बिर

सर्लाही – सर्लाहीमा कारको ठक्करबाट एक वृद्धा महिलाको मृत्यु भएको छ। जिल्लाको मलंगवा नगरपालिका–८ स्थित कुशुम पार्टी प्यालेस अगाडिको भित्री सडकखण्डमा आज दिउँसो कारको ठक्करबाट एक वृद्धा महिलाको मृत्यु भएको हो।

गोरखकालीबाट मलंगवा तर्फ गइरहेको बिआर ०६ एई ९६६८ नम्बरको कारले सोही दिशातर्फ जाँदै गरेकी पैदल यात्री मलंगवा नगरपालिका–३ निवासी ७० वर्षीया खातुनलाई ठक्कर दिँदा घाइते भएकी थिइन्। दुर्घटनापछि उनलाई तत्कालै प्रादेशिक अस्पताल मलंगवा लगिएको थियो।

तर उपचारका क्रममा चिकित्सकले अपराह्न ४ बजे मृत घोषणा गरेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार कार र चालक मलंगवा नगरपालिका–८ का ३० वर्षीय अमित गुप्तालाई नियन्त्रणमा लीइएको छ। घटनाका विषयमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार