सर्लाही – मधेश प्रदेश सरकारको मन्त्रिपरिषद् पुनर्गठन गर्दै जनमत पार्टीका तर्फबाट दुई नयाँ मन्त्री नियुक्त भएका छन्।
बसन्त कुशवाहा उद्योग, वाणिज्य तथा पर्यटन मन्त्री र संजय कुमार यादव वन तथा वातावरण मन्त्री बनेका हुन्। मुख्यमन्त्री सतिशकुमार सिंहको सिफारिसमा दुबैजनालाई प्रदेश प्रमुख सावित्री सुवेदी भण्डारीले पद तथा गोपनीयताको शपथ गराएकी हुन्।

जनमत पार्टीले यसअघि आफ्ना दुई मन्त्री—सकील अलि मिया र त्रिभुवन शाह—लाई फिर्ता बोलाएको थियो। उनीहरूकै स्थानमा कुशवाहा र यादवलाई सरकारमा पठाइएको हो। कुशवाहा समानुपातिक प्रणालीबाट प्रदेश सभा सदस्य भएका हुन् भने यादव प्रत्यक्ष निर्वाचित सांसद हुन्।






