नेपालमा सर्पदंशबाट वर्षेनि तीन हजार जना भन्दा धेरैले गुमाउँछन् ज्यान

२०८२ जेष्ठ ९, शुक्रबार १३:२६

सर्लाही – नेपालमा सर्पदंशबाट वर्षेनि तीन हजार जनाभन्दा धेरैले ज्यान गुमाउने गरेका छन्। नेपालमा वर्षनि ४० हजारभन्दा धेरै सर्पदंशको सिकार हुने गरेको तथ्य पाईएको छ।

सर्पदंश रोकथाम अभियानमा लामो समयदेखि काम गर्दै आएका बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका निमित्त उपकुलपति प्रा.डा.सञ्जिवकुमार शर्माका अनुसारत्यसमध्ये झन्डै ८० प्रतिशतले उपचार नपाएर ज्यान गुमाउनुपर्ने अवस्था छ । सङ्ख्यात्मकरुपमा तीन हजार भन्दा धेरै जनाले ज्यान गुमाउने गरेको पाइएको छ ।

जनस्वास्थ्य समस्याका रुपमा रहेको सर्पदंश नेपालको तराई/मधेश क्षेत्रमा बसोबास गर्ने अतिविपन्न वर्गमा उच्च जोखिम छ । सर्पदंश रोकथाम अभियानमा धामीझाँक्रीलाई पनि परिचालन गर्नुपर्ने डाक्टरको भनाइ छ । गाउँघरमा सर्पले डस्ने बित्तिकै धेरैजसो धामीझाँक्री कहाँ जाने गरेकाले सचेतना फैलाउन उनीहरुलाई परिचालन गर्नुपर्नेमा डा.शर्माको जोड छ ।

सर्पदंशबाट धेरैजसो महिला र बालबालिका प्रभावित हुने गरेका छन् । सर्पदंशबाट जोगिन आवश्यक सावधानी अपनाउनुपर्छ । सर्पले टोकिहालेमा तुरुन्त अस्पताल गएर उपचार गराउनुपर्छ । समयमा उपचार पाएको खण्डमा ज्यान जोगाउन सकिने डा.शर्माले बताउनुभयो ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार