बारामा मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर युवतीको मृत्यु

२०८२ जेष्ठ १०, शनिबार १७:३७
सांकेतिक तस्बिर

सर्लाही – बारामा मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर युवतीको मृत्यु भएको छ। मृत्यु हुनेमा भारत अमुवाकि २४ वर्षीया बसन्ती देवी रहेकी छन्।

प्रहरीका अनुसार माइतीघरमा मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर उनको शुक्रबार साँझ मृत्यु भएको हो। करेन्ट लागेर गम्भीर घाइते भएकी उनको प्रादेशिक अस्पताल कलैयामा उपचारका क्रममा मृत्यु भएको हो।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार