
सर्लाही – जनकपुरधाम उपमहानगरपालिकामा दुई साँढे बीचको जुधाइमा परेर एकजनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा जनकपुरधाम उपमहानगरपालिका ७ का ५० वर्षीय सत्तार राइन रहेका छन्। प्रहरीका अनुसार सडकमा दुई साँढे बीचको लडाइँमा परेर स्कुटर दुर्घटना हुँदा उनको मृत्यु भएको हो।
मधेश प्र.०२–००७ प ९२६६ नम्बरको स्कुटर चढेर जनकपुरधाम ६ पेठियाबजारबाट प्रादेशिक अस्पतालतर्फ गइरहेका बेला सडकमा जुधिरहेका साँढेसँग राति साढे ८ बजेतिर ठोक्किँदा राइन गम्भीर घाइते भएका थिए ।
उनलाई तत्कालै नजिकैको जानकी हेल्थ केयरमा उपचारका लगिए पनि चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।