जाजरकोटको कुशे–२ पूर्ण खोप सुनिश्चितता वडा घोषित

२०८२ जेष्ठ १२, सोमबार १८:४६

जाजरकोट — जाजरकोटको कुशे गाउँपालिका – २, लाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना वडा घोषणा गरिएको छ। स्वास्थ्य चौकी टालेगाउँको आयोजनामा आयोजित कार्यक्रममा कार्यवाहक वडाध्यक्ष तप्त बहादुर सिंहको उपस्थितिमा घोषणा गरिएको हो।

स्वास्थ्य चौकीका प्रमुख शेरबहादुर बस्नेतका अनुसार आर्थिक वर्ष २०८१/८२ मा ०–२३ महिनाका सबै ९७ बालबालिकाले पूर्ण खोप प्राप्त गरेका छन्। उहाँले वडामा कुनै बालबालिका खोप सेवाबाट छुट नभएको र नियमित स्वास्थ्य सेवा सुनिश्चित गर्न चौकी सक्रिय रहेको जानकारी दिनुभयो।

कार्यवाहक वडाध्यक्ष सिंहले खोप कार्यक्रमलाई बालबालिकाको सुरक्षित भविष्यका लागि प्रभावकारी कदम भन्दै महिला स्वास्थ्य स्वयंसेविकाको भूमिकालाई धन्यवाद दिनुभयो। स्वास्थ्य चौकीका अनुसार कुशे गाउँपालिकालाई नै पूर्ण खोप सुनिश्चितता गाउँपालिका घोषणा गर्ने तयारी भइरहेको छ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार