मोटरसाइकल चोरीको आरोपमा तीन जना पक्राउ

२०८२ जेष्ठ १३, मंगलवार २०:५७

सर्लाही – पर्साको पोखरियाबाट मोटरसाइकल चोरी गरेको आरोपमा तीन जना युवा पक्राउ परेका छन्। पक्राउ पर्नेमा पोखरिया–४ निवासी १९ वर्षीय रितिक गिरी, २१ वर्षीय राम विश्वास कुमार राम र १९ वर्षीय कृष्ण महतो नुनिया छन्।

जेठ ८ गते राति पोखरिया नगरपालिका–९ स्थित एक विवाह समारोहमा पार्क गरिएको वीरगञ्ज–२१ निवासी राजदेव महतोको नाममा दर्ता रहेको सुपर स्प्लेन्डर मोटरसाइकल (ना ५४ प ३८७७) हराएको थियो।

इलाका प्रहरी कार्यालय, पोखरियामा निवेदनपछि अनुसन्धान सुरु गरिएको थियो। मोटरसाइकल जेठ १० गते पोखरिया–४ स्थित सडकखण्डमा बेवारिसे अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।

प्रारम्भिक अनुसन्धानमा संलग्नता देखिएपछि तीन जनालाई पक्राउ गरी पर्सा जिल्ला अदालतबाट म्याद थप अनुमति लिइ अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार