आज सर्लाहीमा ३ घण्टा बिजुली नहुने

२०८२ जेष्ठ १४, बुधबार ०७:४८

सर्लाही – आज सर्लाहीमा ३ घण्टा बिद्युत अवरुद्व हुने भएको छ। मलंगवा वितरण केन्द्र हिजो एक सूचना जारि गर्दै जिल्लाका सम्पूर्ण क्षेत्रमा बिद्युत सेवा अवरुद्व हुने जनाएको हो।

केन्द्रका अनुसार आज (बुधवार) बिहान ७:०० बजेदेखि १०:०० बजेसम्म विद्युत आपूर्ति अवरुद्ध हुनेछ। नबलपुर–मलंगवा ३३ के.भी. लाइनअन्तर्गत पर्ने क्षेत्रमा जम्पर र स्विच जस्ता उपकरणहरूको जरुरी मर्मत कार्य गर्नुपर्ने भएकाले उक्त समयमा सम्पूर्ण क्षेत्रको विद्युत सेवा अस्थायी रूपमा बन्द गरिने केन्द्रले जनाएको छ।

वितरण केन्द्रका अनुसार कार्य निर्धारित समय अगावै सम्पन्न भएमा विद्युत सेवा सोहीअनुसार यथाशक्य चाँडो सुचारु गरिनेछ। उपभोक्ताहरूलाई यस असुविधा प्रति क्षमायाचना गर्दै समयमै वैकल्पिक व्यवस्था गर्न आग्रह गरिएको छ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार