भारतमा पुनः कोरोना संक्रमण बढ्दै, १२ जनाको ज्यान गयो

२०८२ जेष्ठ १४, बुधबार ११:४५

जकपुर – भारतमा कोरोना भाइरसको संक्रमण फेरि तीव्र रुपमा फैलिन थालेको देखिएको छ।

मंगलबार मात्रै विभिन्न राज्यमा १२ जनाको ज्यान गएको भारतीय चिकित्सा अनुसन्धान परिषद्ले जनाएको छ। रिपोर्टअनुसार उत्तर प्रदेशको फिरोजाबादमा ७८ वर्षीय वृद्धको उपचारको क्रममा ज्यान गएको छ।

यो राज्यमा कोरोना भाइरसको नयाँ भेरियन्ट जेएन १ बाट पहिलो मृत्यु हो। अन्य मृत्युका घटनाहरू केरल, महाराष्ट्र, राजस्थान, पश्चिम बंगाल, कर्नाटक र मध्य प्रदेशमा भएका हुन्। हाल भारतभर सक्रिय संक्रमितको संख्या १,०८१ पुगेको छ, जसमा सबैभन्दा धेरै ४३० केस केरलामा छन्।

स्वास्थ्य निकायका अनुसार देशभर हाल एकएफ ७, एक्सएफजी, जेएन १, र एनबी १.८.१ गरी चारवटा नयाँ भेरियन्टहरू फेला परेका छन्।सरकारले सावधानी अपनाउन जनतालाई आग्रह गरेको छ भने आवश्यक सतर्कता र परीक्षण बढाइएको बताइएको छ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार