बाँच्न गुहार गरेका घाइते, अदालतमा निर्दोष ठहरिएका सांसद

२०८२ जेष्ठ १४, बुधबार १८:०५

रौतहट – रौतहटको चर्चित ‘राजपुर बम काण्ड’ मा दोषी ठहर भई जन्मकैदको सजाय पाएका नेपाली कांग्रेसका पूर्वसांसद अफताब आलम उच्च अदालतबाट निर्दोष ठहरिएका छन्। वीरगञ्जस्थित उच्च अदालतको इजलासले जिल्ला अदालत रौतहटको फैसला उल्टाउँदै आलमलाई सफाइ दिएको हो।

आलममाथि २०६४ सालको संविधानसभा निर्वाचनको अघिल्लो राति बम विस्फोट गराई घाइते भएका व्यक्तिहरुलाई जिउँदै इँटाभट्टामा जलाएर हत्या गरेको आरोप लागेको थियो। घटनाको १२ वर्षपछि, २०७६ साल असोज १९ गते उनलाई प्रहरीले पक्राउ गरेको थियो।

त्यसपछि तीनवटा अभियोग—कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र विस्फोटक पदार्थसम्बन्धी कसुरमा मुद्दा दायर गरिएको थियो। जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाएको थियो। तर, तीन दिनसम्म चलेको बहसपछि उच्च अदालतले उनीमाथिको अभियोग पुष्टि नहुने ठहर गर्दै सफाइ दिएको हो।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार