एमाले नेता लालबाबु पण्डितकी धर्मपत्नी बिमला महतको निधन

२०८२ जेष्ठ १५, बिहीबार ०७:४५

सर्लाही – नेकपा एमालेका वरिष्ठ नेता लालबाबु पण्डितकी धर्मपत्नी बिमला महतको निधन भएको छ। पण्डितका अनुसार, बिमलाको निधन गएराति भएको हो।

वि.सं. २०२२ साल असोज २ गते ललितपुरमा जन्मिएकी बिमला महत करिब डेढ वर्षदेखि ‘मायसाइटिस’ नामक रोगबाट पीडित थिइन्। सोही रोगका कारण स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि उनको निधन भएको पारिवारिक स्रोतले जनाएको छ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार