महोत्तरीमा मोटरसाइकलमा लुकाएर ल्याइँदै गरिएको २० किलो गाँजासहित दुई पक्राउ

२०८२ जेष्ठ १५, बिहीबार १२:४२

सर्लाही – महोत्तरीमा लागूऔषध गाँजासहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ परेकामध्ये एक जना बर्दिवास नगरपालिका–१३ का ४६ वर्षीय शिवशंकर चौधरी हुन् भने अर्की मनरा सिस्वा नगरपालिका–१० की ४० वर्षीया अजमैरी खातुन रहेको महोत्तरी प्रहरीले जानकारी दिएको छ।

प्रहरीका अनुसार चौधरीले चलाइरहेको मोटरसाइकल (प्र.२–०२–००१ प ६६६२) मा बर्दिवासतर्फ आउँदै गरेको अवस्थामा गाँजा फेला परेको हो। जलेश्वर नगरपालिका–७ स्थित बर्दिवास–जलेश्वर सडकखण्डमा चेकजाँच गर्ने क्रममा चामलको बोरा भित्र कालो झोला र प्लास्टिकले बेरिएको अवस्थामा गाँजा लुकाइ ल्याइएको भेटिएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता डिएसपी शैलेन्द्र कुमार भट्टका अनुसार दुवै व्यक्तिलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धानका लागि अदालतबाट म्याद लिई प्रक्रिया अगाडि बढाइएको छ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार