जापानको होक्काइडोमा ६.१ म्याग्निच्युडको भूकम्प

२०८२ जेष्ठ १८, आईतवार ०८:३४
सांकेतिक तस्बिर

जनकपुर – जापानको होक्काइडोमा ६.१ म्याग्निच्युडको भूकम्प गएको छ। जापानको होक्काइडो क्षेत्रमा शनिबार दिउँसो ६.१ म्याग्निच्युडको भूकम्प गएको जापानको मौसम विज्ञान एजेन्सीले जनाएको छ।

भूकम्पको केन्द्रविन्दु समुद्र सतहबाट २० किलोमिटर (१२ माइल) गहिराइमा, होक्काइडोको पूर्वी तट नजिकै रहेको बताइएको छ। एजेन्सीका अनुसार यस भूकम्पका कारण कुनै पनि सुनामीको चेतावनी जारी गरिएको छैन। हालसम्म कुनै ठूलो क्षतिको खबर प्राप्त भएको छैन। – रोयटर्स

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार