
सर्लाही – महोत्तरी प्रहरीले ठूलो परिणाममा गाँजासहित एक युवकलाई नियन्त्रणमा लिएको छ। जिल्लाको बर्दिवास नगरपालिका–११ निवासी ३१ वर्षीय रगलाल स्याङ्तानलाई शनिबार पक्राउ गरिएको हो।
प्रहरीका अनुसार, विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय बर्दिवासको टोलीले माईस्थान क्षेत्रबाट बा ०१–०३०च ७८०५ नम्बरको इभी कार जाँच गर्दा सवारी साधनभित्र लुकाइछिपाइ राखिएको करिब ४० किलो ४२० ग्राम गाँजा फेला पारेको थियो।
कार चालक स्याङ्तानलाई तत्काल नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। प्रहरी नायब उपरीक्षक (डीएसपी) विकास बमका अनुसार, स्याङ्तानमाथि लागुऔषध सम्बन्धी थप अनुसन्धान भइरहेको छ। यसअघि पनि यही इलाकाबाट प्रहरीले जेठ १४ गते एक स्कारपियो गाडीसहित १५६ किलो गाँजा बरामद गरेको थियो।