सर्लाही – सर्लाहीमा आगोमा परेर चार बर्षिया बालिकाको मृत्यु भएको छ। जिल्लाको हरिपुर नगरपालिका–१, हजारबिघामा स्थानिय हरेराम महतोकी छोरी चार वर्षीया लक्ष्मीकुमारी महतोको आगोमा परेर मृत्यु भएको हो।
प्रहरीका अनुसार गत जेठ १५ गते बिहान आफ्नै घरमा चुल्होमा कुँडो पकाइरहेका बेला खेल्ने क्रममा उनि आगोमा परेर गम्भीर घाईते भएकी थिइन्। गम्भीर घाइते उनलाई उपचारका लागि अस्पताल लगिएको थियो।

स्थानीय अस्पतालमा प्राथमिक उपचारपश्चात उनलाई थप उपचारका लागि कीर्तिपुरस्थित बर्न अस्पतालमा लगिएको थियो। उनको सोहि अस्पतालमा उपचारका क्रममा गएराति मृत्यु भएको हो।





