
सर्लाही – प्रधानमन्त्री केपी शर्मा ओलीले मधेश प्रदेशका आठवटै जिल्लामा निर्माण गर्न लागिएको ३२० किलोमिटर कालोपत्रे सडक योजनाको औपचारिक शिलान्यास गरेका छन्।
‘एक निर्वाचन क्षेत्र, एक सडक’ अभियानअन्तर्गत मधेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयले अघि सारेको उक्त परियोजनाले प्रदेशका ६४ वटै प्रदेशसभा निर्वाचन क्षेत्र समेट्नेछ। जनकपुरधामस्थित महेन्द्रनारायण निधि संस्कृति कला केन्द्रको सभाहलबाट डिजिटल माध्यममार्फत प्रधानमन्त्री ओलीले एकैसाथ सडक योजनाको शिलान्यास गरेका हुन्।
भौतिक पूर्वाधार विकास मन्त्री सरोज यादवका अनुसार प्रत्येक निर्वाचन क्षेत्रमा ५ किलोमिटरको दरले बहुवर्षीय योजना अन्तर्गत सडक निर्माण गरिनेछ। यस परियोजनाले प्रदेशको यातायात संरचना सुदृढ गर्नुका साथै समग्र क्षेत्रीय विकासमा टेवा पुर्याउने अपेक्षा गरिएको छ।