सर्लाही – पूर्वराजा वीरेन्द्र शाह तथा उनको परिवारको स्मृतिमा जेठ १९ गतेलाई शोकदिवसको रूपमा सम्झिँदै राजावादी समूहले आज कुनै पनि विरोध प्रदर्शन नगर्ने निर्णय गरेको छ।
संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुवेदीका अनुसार नारायणहिटी दरबार हत्याकाण्डको सम्झनामा आज जुलुस, धर्ना वा अन्य कुनै पनि प्रकारका आन्दोलनात्मक कार्यक्रम नहुनेछ।

समितिले साँझ ६ बजे कमलादीस्थित गणेशस्थानमा दिवंगत आत्माहरूको शान्तिको कामनासहित दीप प्रज्वलन कार्यक्रम आयोजना गर्ने जनाएको छ। साथै, आगामी दिनमा हुने आन्दोलनका कार्यक्रमबारे उपयुक्त समयमा जानकारी दिने बताइएको छ।





