सर्लाहीको ईश्वरपुरमा भैसी गोठमा आगलागी, दुई लाखभन्दा बढीको क्षति

२०८२ जेष्ठ २०, मंगलवार १५:१६
सांकेतिक तस्बिर

ईश्वरपुर – सर्लाहीको ईश्वरपुर नगरपालिका–५, चिरान टोलमा आज बिहान आगलागी हुँदा एक भैसी गोठ पूर्ण रूपमा जलेर नष्ट भएको छ। स्थानीय नईम खाँ पठानको गोठमा बिहान करिब ४:३० बजे घुरबाट सल्किएको आगोले गोठमा रहेका सामग्री र पशुहरूमा ठुलो क्षति पुर्‍याएको हो।

प्रहरीका अनुसार आगलागीबाट गोठमा रहेको पशुहरूलाई खुवाउने ब्रान, भाडा, भिस र टिकको काठ पूर्ण रूपमा जलेर नष्ट भएको छ। साथै, गोठमा रहेको एक भैसी र एक पाडी जलेर घाइते भएका छन्। प्रारम्भिक अनुमानअनुसार आगलागीबाट करिब रु २,२४,००० बराबरको क्षति पुगेको जनाइएको छ।

स्थानीयवासीको सक्रियतामा आगो बिहान करिब ५:०० बजेतिर नियन्त्रणमा ल्याइएको थियो। उक्त स्थान प्रहरी चौकी फूलजोरबाट करिब ४ किलोमिटर दक्षिणमा पर्ने बताइएको छ। आगलागीको विस्तृत अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार