सर्लाहीमा ट्याक्टरको ठक्करबाट चार बर्षिया बालिकाको मृत्यु

२०८२ जेष्ठ २१, बुधबार ०८:३०
सांकेतिक तस्बिर

सर्लाही – सर्लाहीमा ट्याक्टरको ठक्करबाट बालिकाको मृत्यु भएको छ। मृत्यु हुनेमा जिल्लाको बागमती नगरपालिका–८, सोल्टी विष्ट टोलकि सागर विष्टको छोरी चार वर्षीया प्रनिसा विष्ट रहेकि छन्।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार मंगलबार साँझ पौने ७ बजेतिर ना. २ त २८७ नम्वरको ट्याक्टरले ठक्कर दिँदा उनि गम्भीर घाईते भएकी थिइन्। गम्भीर घाईते उनलाई दयन्ती अस्पताल नयाँरोडमा प्राथमिक उपचार गरी थप उपचारका लागि बयोधा अस्पताल वीरगन्ज लगिएकामा डाक्टरले मृत घोषणा गरेका हुन्।

बाटो काट्दै गरेकी उनलाई तिब्र गतिमा आईरहेको ट्याक्टरले ठक्कर दिएको हो। मृतक बालिकाको शव सोहि अस्पतलमा रहेको ट्याक्टर र ट्याक्टर चालक नियन्त्रणमा लिइएको र घटना बारे थप अनुसन्धान भईरहेको सर्लाहीका प्रहरी प्रवक्ता सरोज राईले जानकारी दिए ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार