पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसहित ९३ जनामाथि भ्रष्टाचार मुद्दा, सांसद पद निलम्बन

२०८२ जेष्ठ २२, बिहीबार १३:४२

सर्लाही – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वप्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालसहित ९३ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।

विशेष अदालतका सूचना अधिकारी यज्ञराज रेग्मीका अनुसार नेता नेपालमाथि १८ करोड ५८ लाख रुपैयाँ भ्रष्टाचारको आरोपसहित बिगो दाबी गरिएको छ। काभ्रेपलाञ्चोक जिल्लामा पतञ्जली योगपीठलाई सरकारी जग्गा हदबन्दीको सीमाबाट छुट दिइएको विषयमा भ्रष्टाचार भएको ठहर गर्दै आयोगले मुद्दा दर्ता गरेको हो।

नेपालको राजनीतिक इतिहासमा पहिलोपटक कुनै पूर्वप्रधानमन्त्रीमाथि भ्रष्टाचार अभियोगसहित विशेष अदालतमा मुद्दा दर्ता भएको हो, जुन कानुनी तथा राजनीतिक दृष्टिले गम्भीर घटनाका रूपमा हेरिएको छ। मुद्दा दर्तापछि नेपालको प्रतिनिधिसभा सदस्य पद निलम्बनमा परेको छ। प्रचलित कानुनअनुसार, भ्रष्टाचार अभियोगमा अदालतमा मुद्दा परेपछि सांसद पद स्वतः निलम्बनमा जाने व्यवस्था छ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार