शनिबार बकर ईदको अवसरमा सार्वजनिक बिदा

२०८२ जेष्ठ २३, शुक्रबार १७:०५
सांकेतिक तस्बिर

सर्लाही – इस्लाम धर्मावलम्बीहरूका लागि महत्वपूर्ण पर्व बकर ईद अर्थात् ईद-उल-अज्हा भोलि अर्थात् शनिबार पर्न गएको छ।

गृह मन्त्रालयले यो पर्वलाई सम्मान गर्दै सार्वजनिक बिदा दिने निर्णय गरेको छ। मुस्लिम आयोगबाट प्राप्त पत्रअनुसार भोलि शनिबार ईद परेको हुँदा, सबै सम्बन्धित पक्षलाई जानकारी गराउन यो सूचना जारी गरिएको छ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार