मधेस प्रदेशको आगामी नीति तथा कार्यक्रम: कृषि, सीप र रोजगारीमा केन्द्रित (पूर्णपाठ)

२०८२ जेष्ठ २३, शुक्रबार १९:२३

सर्लाही – मधेस प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि सार्वजनिक गरेको नीति तथा कार्यक्रममा कृषि, रोजगारी र सीप विकासलाई विशेष प्राथमिकतामा राखिएको छ। शुक्रबार प्रदेश प्रमुख सुमित्रा भण्डारीले संसद्मा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै प्रदेश सरकारको भावी कार्यदिशा स्पष्ट पारिन्।

यस वर्षको नीति तथा कार्यक्रममा मधेसको कृषिलाई आधुनिक र आत्मनिर्भर बनाउने लक्ष्यसहित विभिन्न नविनतम कार्यक्रम समावेश गरिएका छन्। “मधेसको शान—मखान र आँपको बगैँचा”, “खेत–खेतमा पानी, घरघरमा खाद्यान्न”, र “किसानको बार—स्वयंसेवकको छहारी” जस्ता कार्यक्रममार्फत कृषिमा नवीनता ल्याउने प्रयास गरिएको छ।

‘आत्मनिर्भर र समृद्ध मधेस, सुखी मधेसी’ भन्ने मूल नाराका साथ प्रस्तुत यो कार्यक्रमले रोजगारी सिर्जना, शिक्षा सुधार, पूर्वाधार विकास र आर्थिक सुदृढीकरणमा ध्यान केन्द्रित गरेको छ। कृषिमा आत्मनिर्भरता हासिल गर्न ‘मधेशले देशलाई खुवाउने’ भन्ने अभियानलाई केन्द्रमा राखी, उत्पादनमा वृद्धि गर्दै कृषिजन्य वस्तुको आयात घटाउने र निर्यात बढाउने योजनासमेत सार्वजनिक गरिएको छ।

त्यस्तै, ‘हर हाथ मे सीप, हर घरमे रोजगार’ भन्ने नारासहित एक लाख रोजगारी सिर्जना गर्ने महत्वाकांक्षी योजना अघि सारिएको छ, जसअन्तर्गत युवाहरुलाई सीपमूलक तालिममार्फत सक्षम बनाउने तयारी गरिएको छ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार