बारा – बारामा प्रतिबन्धित लागुऔषध नाइट्रोभेटसहित चार जना युवालाई प्रहरीले नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय बारा र लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालयको संयुक्त टोलीले विशेष सूचनाका आधारमा उनीहरूलाई पक्राउ गरेको हो।
पक्राउ पर्नेहरुमा जिल्लाको कलैया–४ का २६ वर्षीय मुकेश साह कलवार, रामपुर–९ का २० वर्षीय सुमन चौहान, सोही स्थानका २४ वर्षीय प्रदिप कुमार साह र वडा नं २७ का १९ वर्षीय धिरेन्द्र कुशवाहा छन्।

प्रहरीका अनुसार, कलैया उपमहानगरपालिका–६ स्थित हनुमान चोकमा लागुऔषध किनबेच गरिरहेको अवस्थामा उनीहरूलाई नियन्त्रणमा लिइएको हो। उनीहरूबाट ‘नाइट्रोभेट १०’ लेखिएको ३५ पत्ता गरी जम्मा १,०३५ ट्याबलेट बरामद गरिएको प्रहरीले जनाएको छ। यस सम्बन्धमा थप अनुसन्धान अघि बढाईएको छ।





