ईलाम शर्मा, मुगु — नेपाल ज्योतिष परिषद् केन्द्रीय समितिको आयोजनामा १९औं राष्ट्रिय ज्योतिष तथा वास्तु सम्मेलन–२०८२ यही जेष्ठ २६ र २७ गते कर्णाली प्रदेशको मुगु जिल्लास्थित छायाँनाथ रारा नगरपालिकामा आयोजना हुने भएको छ। सांस्कृतिक, पर्यटन तथा नागरीक उडयन मन्त्रालयका माननिय मन्त्री बद्री प्रसाद पाण्डेको प्रमुख आतिथ्यता, वन तथा बातावरण मन्त्रालय माननिय मन्त्री ऐन बहादुर शाही ठकुरी र कर्णाली प्रदेश सरकार -सभामुख नन्दा गुरुङको विशेष आतिथ्यतामा समुद्घाटन हुनेछ ।
नेपाल ज्योतिष परिषद् केन्द्रीय समितिद्वारा आयोजना गरिने यस सम्मेलनमा विश्व ज्योतिष महासंघ र दक्षिण एसियाली ज्योतिष महासंघ, राष्ट्रिय समिति नेपाल, नारी उत्थान तथा सचेतना केन्द्र मुगूले सह-आयोजनाको भूमिका निर्वाह गर्नेछन्। औषधि उपचारका लागी हनुमान ध्वज गण गुल्म नेपाल आर्मी रारा रास्ट्रिय निकुञ्ज सुरक्षा गार्ड गर्ने भएको छ भने आर्थिक तथा ब्यबस्थापनमा रारा छायानाथ नगरपालिका रहेको र त्यस्तै निकुञ्ज प्रवेश जिल्ला बन कार्यालय मुगु, सांस्कृतिक ब्यबस्थापनका लागी नारि उत्थान तथा सचेतना केन्द्र मुगु र शान्ति सुरक्षाका लागी जिल्ला प्रशासन कार्यालय मुगुले व्यवस्थापन गर्ने भएको छ ।

नेपाल जोतिष परिषद कर्णाली प्रदेश समिति संयोजक डा. गौरी शंकर शर्माको व्यवस्थापन समिति संयोजनमा नेपाल जोतिष परिषद केन्द्रिय समिति नेपाल संस्थापक अध्यक्ष डा. लोक राज पौडेल १९ औँ राष्ट्रिय सम्मेलनका सभापति कमल प्रसाद काफ्ले केन्द्रिय अध्यक्ष केशव प्रसाद धिताल बरिष्ट उपाध्यक्ष लेखनाथ न्यौपाने महासचिव बिश्व प्रकाश लामिछाने सचिव शिवलाल पौडेल र कोषाध्यक्ष पबित्रा श्रेष्ठ लगायतका समिति तथा उप-समिति रहनेछन् ।
सम्मेलनको आवासीय सहभागी शुल्क रू. ९५०० र सामान्य सहभागिता शुल्क रू. १२०० तोकिएको छ। कार्यक्रम व्यवस्थापनमा नेपाल ज्योतिष परिषद् कर्णाली प्रदेश समितिले जिम्मेवारी लिएको छ। देशभरका ज्योतिषविद्, वास्तुविद् तथा आध्यात्मिक चिन्तकहरूलाई एउटै मञ्चमा ल्याई ज्ञान आदान प्रदान गर्ने उद्देश्यले सम्मेलन आयोजना गरिएको प्रचार प्रसार उपसमिति सचिव बालकृष्ण शर्माले जानकारी दिएका छन।





