अमेरिकाबाट ठूलो संख्यामा नेपाली डिपोर्ट, चार्टर्ड विमानमार्फत आज काठमाडौं ल्याइँदै

२०८२ जेष्ठ २५, आईतवार १०:४७

जनकपुर – अमेरिकामा अवैध रूपमा बसेका करिब ५० जना नेपाली नागरिकलाई आज विशेष चार्टर्ड जहाजमार्फत नेपाल फर्काइँदैछ।

परराष्ट्र मन्त्रालय स्रोतका अनुसार अमेरिकी जहाज आज दिउँसो करिब ४ बजे बंगलादेशको ढाका हुँदै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नेछ। काठमाडौंस्थित अमेरिकी दूतावासले केही दिनअघि नै निष्कासनको प्रक्रियामा रहेका नेपालीको विवरण परराष्ट्र मन्त्रालयलाई उपलब्ध गराएको थियो।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आप्रवासन नीतिमा कडाइ गरेसँगै अमेरिका पुगेका र अवैध रूपमा बसोबास गरिरहेका नेपालीहरूमाथि पनि कारवाही सुरु भएको हो। यसअघि थोरै संख्यामा मात्र नेपालीहरू अमेरिकाबाट फिर्ता पठाइएका थिए, तर यसपटक एकै पटक यति ठूलो संख्यामा डिपोर्ट गरिएको पहिलो पटक हो।

ट्रम्पको दोस्रो कार्यकाल सुरु भएयता हालसम्म करिब १४० जना नेपालीलाई अमेरिका सरकारले आफ्नो देश फर्काएको तथ्यांक छ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार