सर्लाही – पर्सा जिल्लाको वीरगञ्ज महानगरपालिका–१४ स्थित पिपरा रेनुका पेट्रोल पम्प नजिकै कार दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्।
गण्डकबाट बसपार्कतर्फ गइरहेको बिआर ५५ बी ९१०४ नम्बरको भारतीय कार आज दिउँसो अनियन्त्रित भई दुर्घटनामा परेको हो। दुर्घटनामा भारतको बेतिया नरकटियागञ्ज निवासी ३० वर्षीय बिटु सर्राफको ज्यान गएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।

प्रहरी नायब उपरीक्षक सुवास भट्टका अनुसार कारमा सवार चारै जना घाइते भएका थिए। घाइतेहरूलाई उपचारका लागि बारास्थित एलएस न्यूरो अस्पताल लगिएको थियो।
उक्त अस्पतालमा बिटु सर्राफको उपचारका क्रममा मृत्यु भएको हो भने चालक गणेश सर्राफसहित अन्य दुई जनाको उपचार जारी रहेको र घटनाका सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।





