जाजरकोटमा पौडी खेल्ने क्रममा डुबेर एक युवकको मृत्यु

२०८२ जेष्ठ २६, सोमबार २०:४५

खलंगा – जाजरकोटको नलगाड नगरपालिकामा आइतबार एक युवकको पानीमा डुबेर मृत्यु भएको छ।

नलगाड–६ का २१ वर्षीय विकास बुढाको पिउली खोलामा पौडी खेल्ने क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ। प्रहरी नायब उपरीक्षक वसन्त कुमार शर्माका अनुसार बुढा नलगाड–३ कट्केस्थित माइती घरबाट फर्किँदै गर्दा खोलामा नुहाउन गएका थिए।

पौडी खेल्ने क्रममा उनी गहिरो पानीमा फसेर डुबेको र घटनास्थलमै उनको मृत्यु भएको प्रारम्भिक अनुसन्धानबाट पुष्टि भएको प्रहरीले जनाएको छ। घटनापछि थप अनुसन्धान भइरहेको छ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार