मलंगवा – सर्लाहीले मधेश प्रदेश स्तरीय राष्ट्रपति रनिङशिल्ड खेलकुद प्रतियोगितामा कुल १८ स्वर्ण पदक जित्दै शीर्ष स्थान हासिल गरेको छ।
प्रतियोगिता सर्लाहीको लालबन्दीस्थित राधाकृष्ण खेल मैदानमा सम्पन्न भएको थियो। एथलेटिक्स विधामा सर्वाधिक १५ स्वर्ण, कराँतेमा दुई, र तेक्वान्दोमा एक स्वर्ण पदक जित्दै सर्लाहीले समग्र उपाधि आफ्नो पक्षमा पार्न सफल भयो।

जेठ २५ गतेदेखि सुरु भएको प्रतियोगितामा मधेश प्रदेशका सबै आठ जिल्लाबाट आएका खेलाडीहरूले विभिन्न खेल विधामा प्रतिस्पर्धा गरेका थिए। प्रतियोगिताका विजेता खेलाडीहरू अब जेठ २८ देखि ३० गतेसम्म काठमाडौंमा आयोजना हुने राष्ट्रिय राष्ट्रपति रनिङशिल्डमा सहभागिता जनाउने छन्।





