पेट्रोलियम पदार्थको मूल्य बढ्यो, अब प्रतिलिटर कति रुपैयाँमा पाईन्छ ?

२०८२ असार १, आईतवार २१:४०
सांकेतिक तस्बिर

सर्लाही – सरकारले पेट्रोलियम पदार्थमा फेरि मूल्यवृद्धि गरेको छ। नेपाल आयल निगमले आइतबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्य समायोजन गरेको हो।

निगमका अनुसार पेट्रोलको मूल्य प्रतिलिटर १ रुपैयाँले बढाइएको छ भने डिजेल र मट्टितेलमा प्रतिलिटर २ रुपैयाँको दरले मूल्य थपिएको छ। नयाँ दरअनुसार काठमाडौँ उपत्यकामा पेट्रोल प्रतिलिटर १६० रुपैयाँ, डिजेल तथा मट्टितेल १४५ रुपैयाँमा बिक्री हुने निगमले जनाएको छ।

हालैको मूल्य समायोजनको कारणबारे निगमले अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य वृद्धि, ढुवानी खर्च र भन्सार मूल्यको समायोजनलाई कारण देखाएको छ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार