सर्लाही – प्रधानमन्त्री केपी शर्मा ओली आगामी असार १४ गते स्पेन प्रस्थान गर्ने भएका छन्।
संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसको औपचारिक निमन्त्रणामा प्रधानमन्त्री ओली स्पेन भ्रमणमा जान लागेका हुन्। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्रीको स्पेन भ्रमण स्वीकृत गरेको बैठकमा सहभागी एक मन्त्रीले जानकारी दिएका छन्।

उनका अनुसार असार १४ देखि २० गतेसम्म स्पेनमा हुने संयुक्त राष्ट्रसंघको उच्चस्तरीय कार्यक्रममा प्रधानमन्त्री ओली सहभागी हुने कार्यक्रम तय भएको छ। प्रधानमन्त्री ओली असार २० गते स्वदेश फर्किने कार्यक्रम छ।





