मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लाग्दा गर्भवती महिलाको मृत्यु

२०८२ असार ५, बिहीबार ०९:१९
सांकेतिक तस्बिर

सर्लाही – रौतहटको राजपुर नगरपालिकामा मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर एक गर्भवती महिलाको मृत्यु भएको छ।

बुधबार दिउँसो करिब साढे ३ बजे घरमै मोबाइल चार्ज गर्दै गर्दा करेन्ट लागेर गम्भीर घाइते भएकी राजपुर–३ डमार पोखरीयाकी ३५ वर्षीया गुलनाज खातुनलाई तत्कालै उपचारका लागि गौरस्थित प्रादेशिक अस्पताल पुर्‍याइएको थियो। तर, साँझ ५ बजेतिर चिकित्सकहरूले उनलाई मृत घोषणा गरेका थिए।

गुलनाज गर्भवती रहेको पुष्टि अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. मुरारी ठाकुरले गरेका छन्। घटनापछि मृतकको शव पोष्टमार्टमका लागि अस्पतालमै राखिएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार