सर्लाही – नेपालले नेदरल्याण्डसले पराजित गरेको छ । जारी त्रिकोणात्मक टी-२० अन्तर्गतको खेलमा नेपालले नेदरल्याण्डसलाई ६ विकेटले पराजित गरेको हो ।
नेदरल्याण्डसले दिएको १७५ रनको लक्ष्य पछाएको नेपालले १९.४ ओभरमा ४ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो । टस हारेर पहिला ब्याटिंग गरेको नेदरल्याण्डसले २० ओभरमा ७ विकेट गुमाउदै १७४ रन बनाएको थियो ।

यो जितपछि नेपालले सिरिजमा तेस्रो खेलमा दोस्रो जित हासिल गरेको छ । नेपाल ३ खेलमा ४ अंकसहित शिर्ष स्थानमा उक्लिएको छ ।
त्यस्तै नेदरल्याण्डसले भने ४ खेलमा २ जित र २ हारसहित सिरिजको अन्त्य गरेको छ । अब सिरिजको अन्तिम खेल शुक्रबार नेपाल र स्कटल्याण्डबीच हुने छ । स्कटल्याण्डले ३ खेलमा एक जित र २ हार बेहोरेको छ ।





