बिष्णु गाउँपालिकाका एक जना बालक मलंगवाबाट बेपत्ता, खोजी गरिदिन परिवारको आग्रह

२०८२ असार ६, शुक्रबार २१:१४
हराएका बालक पुजन पटेल

सर्लाही – सर्लाहीको विष्णु गाउँपालिका–७ दुलबाका आदित्य भनेर चिनिने पूजन पटेल हिजो देखि बेपत्ता भएका छन्। घर दुलबा भएपनि प्राय उनि जिल्ला सदरमुकाम मलंगवामै बस्ने गरेका थिए।

बिहिबार बिहान मलंगवास्थित मास चोकबाट उनि बेपत्ता भएको परिवारले जनाएको छ। परिवारका अनुसार गाउँघर, इष्टमित्र र सम्भावित स्थानहरूमा खोजी गर्दा पनि हालसम्म कुनै अत्तोपत्तो लागेको छैन।

बेपत्ता पटेलको सम्बन्धमा कुनै जानकारी भएमा या कतै फेला पारेमा उनका परिवारको ९८०६३३१५४२ नम्बरमा सम्पर्क गरि खबर गर्न परिवारले आग्रह गरेका छन्। उनि विष्णु गाउँपालिका–७ दुलबाका वडा अध्यक्ष निरस राउतका छोरा रहेका छन्।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार