बलरा नगरपालिकाको ७६ करोडको बजेट सार्वजनिक, नीति तथा कार्यक्रमसहित नगरसभा सम्पन्न

२०८२ असार ७, शनिबार २०:४९

बलरा – समृद्ध बलराको परिकल्पना गर्दै सर्लाहीको बलरा नगरपालिकाले आर्थिक वर्ष २०८२/८३ का लागि नीति तथा कार्यक्रमसहित ७६ करोड रुपैयाँको अनुमानित बजेट सार्वजनिक गरेको छ। नगरप्रमुख रामाशंकर प्रसाद कुशवाहाले शनिबार सम्पन्न १५औं नगरसभामा आगामी वर्षको कार्ययोजना प्रस्तुत गरेका हुन्।

नगरसभाको उद्घाटन संविधानसभा सदस्य शिवपुजन यादवको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो। सार्वजनिक गरिएको बजेट र नीतिगत दस्तावेजमा नगरको पूर्वाधार, शिक्षा, स्वास्थ्य, कृषि, सामाजिक सुरक्षा लगायतका क्षेत्रमा प्राथमिकता दिइएको जनाइएको छ।

बलरा नगरपालिकाले बजेटसँगै जनताको सहभागिता सुनिश्चित गर्दै पारदर्शिता र उत्तरदायित्वमा आधारित विकासमार्गमा अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेको छ। मेयर कुशवाहाले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा शिक्षा, स्वास्थ्य, पूर्वाधार, रोजगारी, कृषि र सूचना प्रविधि क्षेत्रलाई विशेष प्राथमिकतामा राखिएको छ।

सर्लाही जिल्लामा यसअघि बागमती नगरपालिका, कौडेना र चक्रघट्टा गाउँपालिकाले आ–आफ्नो नीति तथा कार्यक्रम सार्वजनिक गरिसकेका छन्। बाँकी स्थानीय तहहरूले पनि असार १० भित्र आफ्नो बजेट तथा कार्यक्रम सार्वजनिक गर्ने तयारीमा रहेको जिल्ला समन्वय समितिको स्रोतले जनाएको छ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार